काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक्लो प्रयासले मुलुक नबन्ने बताएका छन् । सोहीकारण आफूले सबै दललाई मिलाएर अघि बढ्ने उनले बताए ।
शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफू सबै दललाई सँगै लिएर अघि बढ्ने बाटोमा रहेको बताए । आफू प्रधानमन्त्री हुने मौका पाए सबै दलहरूलाई साथ लिएर अघि बढ्ने उनको भनाइ छ ।
देश एक्लै नबन्ने भन्दै थापाले मुलुक निर्माणका लागि एमाले, नेकपा, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने उल्लेख गरे ।


प्रतिक्रिया