राप्रपाले रुपन्देही–२ मा कांग्रेसका उम्मेदवार पौडेललाई समर्थन गर्ने

राप्रपाले रुपन्देही–२ मा कांग्रेसका उम्मेदवार पौडेललाई समर्थन गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।

प्राविधिक कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसलाई समर्थन गर्ने जानकारी दिएको हो ।

राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेकोले पौडेललाई समर्थन गर्ने निर्णय गरिएको हो । यससँगै एमालेबाट उम्मेदवार बनेका विष्णु पाैडेललाई धक्का लागेकाे छ ।