काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार एक प्रेस वक्तव्य जारी गर्दै कोइरालाले मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच सुरु भएको द्वन्द्व, खलबलिएको विश्व शान्ति र त्यसले निम्त्याउने आर्थिक तथा अन्य समस्याहरूले चिन्तित तुल्याएको बताएका छन् ।
उनले यस त्रासदीपूर्ण अवस्थामा कूटनीतिक पहलमार्फत खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाको व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
‘सरकारले आवश्यक परेमा सुरक्षा संवेदनशीलताको आधारमा उद्धार तथा पुनर्स्थापना प्रक्रिया अगाडि बढाओस् र त्यहाँ रहेका नेपालीहरूका लागि विशेष सञ्चार संयन्त्र स्थापना गरोस्, ताकि आपत्कालीन अवस्थामा तत्काल समन्वय र सहयोग सम्भव होस्’, कोइरालाले भनेका छन् ।


प्रतिक्रिया