विराटनगर । उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले एमाले उम्मेदवार विनोद ढकाललाई सहयोग गर्ने भएका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका उम्मेदवार बुढाथोकीले एमालेलाई समर्थन गरेका हुन ।
मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी ढकाललाई समर्थन गर्ने बताए । पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताए ।
मोरङ क्षेत्र नम्बर ६ बाट पटक-पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उनले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएको बताए ।


प्रतिक्रिया