काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह झापा पुगेका छन् । विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा रास्वपाको चुनावी अभियान सकेर बालेन आइतबार झापा पुगेका हुन् ।
यसपालि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनी झापा-५ मा प्रतिस्पर्धामा छन् ।
शनिबारसम्म रास्वपा सभापति रवि लामिछानेसँगै उनी चुनावी प्रचारमा हिँडेका थिए । आइतबार झापा पुग्दा उनलाई स्वागत गर्न मानिसहरूको भिड लागेको थियो ।
चोक चोकमा उनका समर्थकहरू जम्मा भएका थिए । उनीहरूले बालेन र रास्वपाको पक्षमा नाराबाजी गरेका थिए ।


प्रतिक्रिया