मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखरलाई सघाउने

मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखरलाई सघाउने



काठमाडौं । मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा‍. शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् ।

उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा. कोइरालालाई सघाउने निर्णय गरेका हुन् ।

यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेनजी समूहका उम्मेदवार राम खत्रीले कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।