मध्यपूर्वमा बढ्दो तनावबीच भारतीय सेयर बजारमा तीव्र गिरावट

मध्यपूर्वमा बढ्दो तनावबीच भारतीय सेयर बजारमा तीव्र गिरावट



काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र तेलको मूल्यमा भएको वृद्धिसँगै बुधबार भारतीय सेयर बजारमा सुरुआती कारोबारमा तीव्र गिरावट आएको छ ।

बीएसई सेन्सेक्स १,७५८.२२ अंक वा २.१९ प्रतिशतले घटेर ७८,४८०.६३ मा पुगेको छ । सोही समयमा, एनएसई निफ्टी ५३०.८५ अंक अर्थात् २.१३ प्रतिशतले घटेर २४,३३४.८५ मा पुगेको छ ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण सेयर बजारमा गिरावट देखिएको विज्ञहरू बताउँछन् ।

लार्सन एन्ड टुब्रो, टाटा स्टील, इन्टरग्लोब एभिएसन, अल्ट्राटेक सिमेन्ट, अदानी पोट्र्स र महिन्द्रा एन्ड महिन्द्राको सेयर सबैभन्दा बढी घटेका छन् ।