प्रचण्डले चितवनमा मतदान गरेर राेल्पा प्रस्थान गरे

प्रचण्डले चितवनमा मतदान गरेर राेल्पा प्रस्थान गरे



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् । मतदानपछि अध्यक्ष प्रचण्ड हेलिकप्टरमार्फत रोल्पातर्फ प्रस्थान गरेका छन् ।