अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

झापा-५ पुगेर गरिन् मतदान



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै प्रधानमन्त्री कार्कीले मतदाताको हरेक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेकी छन् ।

उनले शान्तिपूर्ण चुनावका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले मतदान पनि गरिसकेकी छन् । झापास्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।