ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार



काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।

मानेभञ्ज्याङ ७ मा रहेको सहिद स्मृती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म पनि मत हाल्न कोही पनि नआएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।

उनका अनुसार, अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन् । सो केन्द्रमा ७०१ जना मतदाता रहेका छन् ।

मानेभञ्ज्याङको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल नबनेको बिरोधमा स्थानीयले निर्वाचन बहिस्कार गरेका हुन् ।