ओलीले गरे भक्तपुरको महेन्द्र शान्ति विद्यालयबाट मतदान

ओलीले गरे भक्तपुरको महेन्द्र शान्ति विद्यालयबाट मतदान



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन् । ओली पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि उक्त मतदान केन्द्र पुगेर भोट हालेका हुन् ।