काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।
आयोगले ६५ प्रतिशत मत खस्ने र ९९ प्रतिशत मत सदर हुने अपेक्षा गरेको छ । देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
केही ठाउँमा छिटपुट विवादबाहेक सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । मतदान केन्द्र र बाटोघाटोमा पनि सुरक्षा व्यवस्था मजबुत भएकाले मतदाता ढुक्कसँग मतदानमा सहभागी भएका छन् ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्था मजबुत बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन आम मतदातासँग अपील गरे ।


प्रतिक्रिया