काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि आज देशभर मतदान हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचन सम्झिएका छन् ।
सो निर्वाचनमा उनी किर्तिमानी मतसहित विजयी भएका थिए ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले आफूले त्यसबेला राखेको किर्तिमान तोड्न घुमाउरो चुनौति दिएका छन् ।
उनी लेखेका छन्, ‘गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैं आभारी छु र रहिरहनेछु । मेरो नउाँमा गोरखा ३ ले लेखेको चुनावी रेकर्ड (खसेको मतको करिब ८३ प्रतिशत) कसैले छिटो तोडेमा खुशी हुनेछु ।’
माओवादी शान्ति प्रक्रियामा आएपश्चात भएको संविधानसभाको पहिलो निर्वाचनमा भट्टराईले अत्यधिक मतका साथ जित हासिल गरेका थिए ।
गोरखा २ मा उनलाई ४६ हजार २ सय ७२ मत खस्दा कांग्रेसका प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेलाई ६ हजार १ सय ७१ मत आएको थियो । त्यसबेला उनीहरुको मतान्तर ४० हजार १०१ थियो ।


प्रतिक्रिया