६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान



काठमाडौं । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ

मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए ।

उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ । केही केन्द्रमा मतदान जारी रहेको आएका छन् । छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।’

मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए । १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए ।