मोरङ ६ मा घण्टीसँग शेखर कोइराला फराकिलो मतले पछाडि

मोरङ ६ मा घण्टीसँग शेखर कोइराला फराकिलो मतले पछाडि



विराटनगर । मोरङ -६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले पछाडि परेका छन् ।

सो क्षेत्रमा रास्वपाका रुविना आचार्यले ३४२३ मत ल्याएकी छन् । डा. शेखर कोइरालाले भने ७२८ मत पाएका छन् ।

एमालेका विनोद ढकालले भने ६२७ मत पाएका छन् ।

सुन्दर हरैचा क्षेत्रको मत गणना हुँदा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत पाएका छन् । ६१३५ मत गणना भएको हो ।