जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन् । हालसम्म तीन हजार ९६३ मतगणना गर्दा उनले दुई हजार १०२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उमेदवार नरेश भण्डारीले ९७२ मत ल्याएका छन् । भण्डारीभन्दा शाही एक हजार १३० मतान्तरले अगाडि छन् ।
यहाँ नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४९६, नेकपा (एमाले)का शान्तिलाल महतले २१२ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार विनिता कठायतले २९, नेमकिपाका बिर्खबहादुर रावतले २८ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया