काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमध्ये १३० वटामा मतगणना शुरू भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिउँसो ४ बजे अध्यावधिक गरेको विवरणअनुसार १३० वटा निर्वाचन क्षेत्रमध्ये काठमाण्डौ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मुस्ताङमा नेपाली कांग्रेसले जितेका छन् ।
यस्तै मतगणना चलिरहेका ठाउँमा रास्वपाले ९४, कांग्रेसले १०, नेकपा एमालेले १०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीले १–१ ठाउँमा अग्रता लिएका छन् । यस्तै १ ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।












प्रतिक्रिया