इलाम -२ माटोका उम्मेदवारले सुहाङलाई उछिने

इलाम -२ माटोका उम्मेदवारले सुहाङलाई उछिने



काठमाडौं । इलाम क्षेत्र न २ नेकपा एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टी अघि लागेको छ । चुलाचुली ४, ५ र ६ को मतपरिणाम आउँदा श्रम संस्कृति पार्टीले १४४ मतको अग्रता बढाएको हो ।

श्रम संस्कृति पार्टीका सुदिप राईले १५०४ मत पाएर पहिलो स्थानमा हुँदा एमालेका सुहाङ नेम्वाङले १३६० मत पाएका छन् । त्यस्तै रास्वपाका गोकुल राई ४२०मत प्राप्त गरेका छन् ।

कांग्रेसका भेषराज आचार्यले ६३३ मत पाएर चौथो स्थानमा रहेको छ । नेकपाका ओम गुरूङले १३८ मत पाएका छन् ।