रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।