काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी



काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।

खनालले २७ हजार ७१९ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।

कुल ३४ हजार ४७३ मत खसेको थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमनकुमार मास्केले चार हजार ३७३ मत पाएका उनले बताए ।