काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको पनि मतगणना जारी छ । समानुपातिकतर्फ अहिलेसम्म १९ हजार ७२८ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । रास्वपाले ११ हजार ५६२, कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा छ ।
श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिस्ट पार्टीले ३९२, राष्ट्रिय परिवर्तन पार्टीले २७३, नेपाल जनता संरक्षण पार्टीले ७८, नेपाल मजदुर किसान पार्टीले ७३, एकल चिन्ह चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले ६६ मत पाएको छ ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीले ४४, जनता समाजवादी पार्टी, नेपालले २५, गतिशील लोकतान्त्रिक पार्टीले २४, नेपाल मातृभूमि पार्टीले १९, जनमत पार्टीले १४, राष्ट्रिय जनमोर्चाले १३ मत पाएको छ ।


प्रतिक्रिया