काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार १५० मतान्तरले पराजित गरेका छन् । झाले ४३ हजार १४२ मत ल्याउँदा निधिले १५ हजार ९९२ मत मात्रै पाए ।
नेकपा एमालेकी जुलीकुमारी महतोले ९ हजार ५१० मत ल्याइन् भने नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलले ५१६ मत प्राप्त गरे । झासँगै रास्वपा हालसम्म ११ स्थानमा विजयी भएको छ भने १०३ स्थानमा मतगणनामा अग्रस्थानमा छ ।


प्रतिक्रिया