दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी



काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।

शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।

रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाए ।