काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ क्षेत्र र एमालेले १ क्षेत्र जीतेको छ ।
रास्वपाबाट विजयी
१. रुविना आचार्य मोरङ ६, मत ५५ हजार ५१३
२. डीपी अर्याल : काठमाडौं ९, मत ३५ हजार ९३
३. मनिष झा– धनुषा ३, मत ४३ हजार १४२
४. सन्तोष राजवंशी– मोरङ ४ मा ४० हजार ८३३ मत
५. बिना गुरुङ – कास्की ३ मा ३७ हजार ७५० मत
६. प्रदीप बिष्ट – काठमाडौं १० मा ३७ हजार ४६९
७. उत्तम प्रसाद पौडेल – कास्की २ मा ३१ हजार ९११
८. सस्मित पोखरेल – काठमाडौं ५ मा ३० हजार ७३७ मत
९. पुकार बम – काठमाडौं ४ मा २९ हजार २४२
१०. गणेश पराजुली – काठमाडौं ७ मा २७ हजार ८०५ मत
११. राजुनाथ पाण्डे – काठमाडौं–३ मा १८ हजार ७५७ मत
१२. विराजभक्त श्रेष्ठ – काठमाडौं–८ २४ हजार ५९२ मत
१३. शिशिर खनाल – काठमाडौं–६ बाट २७ हजार ७१९ मत
१४. रञ्जु न्यौपाने (दर्शना) – काठमाडौं १ बाट १५ हजार ४ सय ५५ मत
कांग्रेसबाट विजयी
१. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत
२. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत
३. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत
४. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मत
नेकपाबाट विजयी
१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत
२. रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत
एमालेबाट विजयी
१. बाँके २ बाट मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मत


प्रतिक्रिया