समानुपातिकतर्फ ३९ हजार मतगणना हुँदा रास्वपालाई २२ हजार

समानुपातिकतर्फ ३९ हजार मतगणना हुँदा रास्वपालाई २२ हजार



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

केही क्षेत्रमा समानुपातिकतर्फको मत समेत गणना भइरहेको छ । समानुपातिकतर्फ पनि रास्वपाकै पक्षमा लहर देखिएको छ ।

हालसम्म ३९ हजार ४८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४४२ मत प्राप्त गरेको छ ।

कांग्रेसले ७ हजार ५०५, राप्रपाले ३ हजार १६९, एमालेले २ हजार ९९०, श्रम संस्कृतिले ९६० प्राप्त गरेको छ ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ र नेपाल मजदुर किसान पार्टीले १६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।