गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६,३८२ मत प्राप्त गरे ।


प्रतिक्रिया