काठमाडौं । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन् । शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु के.सी.लाई ४ हजार ९ सय ४८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु के.सी.ले १६ हजार ६ सय ६१ मत ल्याएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मान बहादुर शाहीले ४ हजार ७६ मत ल्याएका छन् ।
अन्य उम्मेदवारहरूमा नेपाल कम्युनिष्ट पार्टीका नन्दराम देवकोटाले १ हजार ८ सय ६९ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का चन्द्र बहादुर बुढाले ३ सय ६६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया