ओखलढुंगामा रास्वपा र कांग्रेसबीच झिनो मतान्तर

ओखलढुंगामा रास्वपा र कांग्रेसबीच झिनो मतान्तर



काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल कांग्रेसका कुमार लुइँटेलभन्दा झिनो मतान्तरले अगाडि छन् । मात्रै ९६ मतले लुइँटेलभन्दा पोखरेल अगाडि छन् ।

पोखरेलले १२ हजार ९६५ मत ल्याएर अग्रता कायम गर्दा लुइँटेलले १२ हजार ८६९ मत ल्याएका छन् । एमालेकी अस्मिता थापाले ९ हजार ८९० मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ९ हजार ५२२ मत ल्याएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३५३९ मत ल्याएका छन् ।

अब ओखलढुंगामा चिशंखुगढी गाउँपालिकाकाे मात्रै मत गन्न बाँकी रहेकाे छ ।