गोरखा । गोरखा क्षेत्र नम्बर १ को ताजा मत परिणाम अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबिच झिनो मतान्तर रहेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले ४,२६३ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले कडा चुनौती दिइरहेका छन् ।
गुरुङले ४,२५९ मत प्राप्त गरेका छन् । खत्री र गुरुङबिचको मतान्तर मात्र ४ मतको रहेको छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारी २,२८१ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया