कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिवेदन

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिवेदन



काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन । असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।

आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।