काठमाडौं । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।


प्रतिक्रिया