काठमाडौं । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ ३२ लाख ९३ हजार ९४५ मतगणना सकिएको हो ।
जसमध्ये ५० प्रतिशत अर्थात् १६ लाख ४१ हजार १५३ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । यसैगरी नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख १९ हजार ७६७ मत पाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत पाएको आयोगले जनाएको छ ।


प्रतिक्रिया