काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रामजी यादव विजयी भएका छन् ।
आइतबार दिउँसो सार्वजनिक मत परिणाममा २८ हजार ४०४ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याए । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत तेस्रो स्थानमा रहे । उनले नौ हजार ८८० मत पाए ।
स्वाभिमान पार्टीका उमेदवार सतिशकुमार सिंह तीन हजार ५५७ मतसहित चौथो स्थानमा रहे ।


प्रतिक्रिया