काठमाडौं । रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । उनी २४ हजार ८०८ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत पाए । कांग्रेसका रामचन्द्र खड्का १६ हजार ३०७ मत ल्याएर तेस्रो भए ।
नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाउँदा उज्यालो नेपालका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत पाए ।


प्रतिक्रिया