सामाजिक सञ्जालको नियोजित प्रयोगले चुनाव हारियो : प्रकाशशरण महत

सामाजिक सञ्जालको नियोजित प्रयोगले चुनाव हारियो : प्रकाशशरण महत



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो हारको कारण औँल्याएका छन् ।

नुवाकोट १ मा रास्वपाका डा. विक्रम तिमिल्सेनासँग भारी मतले पराजित भएका महतले आफ्नो चुनाव हारबारे विश्लेषण गरेका हुन् ।

उनले भनेका छन्, ‘यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरूप्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभाव लगायतका धेरै कारणहरू छन् । यसको विश्लेषण हुने नै छ । नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन । नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो ।’

उनले रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सेनालाई बधाई दिएका छन् ।