काठमाडौं । धनुषा-१ का नेकपा उम्मेदवार मातृका यादवले मत गणना सकिएर आफू विजयी हुँदा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका छन् ।
धनुषामा पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोग कसैको दबाबमा परेर आफूलाई प्रमाणपत्र दिनबाट पछि हटेको हुनसक्ने उनले बताए ।
त्यहाँ रास्वपाका उम्मेदवार किशोर साहको उम्मेदवारी खारेज भएको थियो । खारेज भएपनि रास्वपाले धेरै मत पाएको छ । तर नेकपाका उम्मेदवार यादवले साहको उम्मेदवारी खारेज भएकाले आफू विजयी भएको दाबी गरेका छन् ।
उनले भने, ‘बन्द सूचीका अन्य २१ जनालाई पनि खारेज गरिएको छ । अदालतबाट कुनै प्रकारको स्थगन आदेश वा पत्र नआएको अवस्थामा दबाबमा आएर अहिले रोकिएको छ । आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्ने हो । कसैको दबाबमा परेर निर्णय गर्नु उचित होइन । विधि, सुशासन र कानुनी प्रक्रियाको कुरा गर्नेहरूले अहिले कुशासनको व्यवहार देखाउन हुँदैन ।’
मतगणनाको प्रक्रिया रेकर्डमा राख्ने तर परिणाम घोषणा नगर्ने आयोगले बदमासी गरेको टिप्पणी गरे ।


प्रतिक्रिया