इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

इलाम १ मा कांग्रेसका निश्कल राई विजयी



काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । योसँगै कांग्रेसको १८ सीट पुगेको छ ।

कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन् ।

लिम्बु १३ हजार ६३२ मतमा रोकिए । नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए ।