समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा श्रम संस्कृतिलाई ३ लाख ४५ हजार

समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा श्रम संस्कृतिलाई ३ लाख ४५ हजार



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ कराेड २ लाख २७ हजार ८७२ मतगणना भएको छ ।

निर्वाचन आयोगकाे पछिल्लाे विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ हजार ३३० मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेसले १६ लाख ६४ हजार १८२, नेकपा (एमाले) ले १३ लाख ८२ हजार ९२५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ४७ हजार ३०२, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ९९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २१ हजार ७७१ मत प्राप्त गरेको छ ।

याे परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।