काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समा खड्काले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको बताए । निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जितेको छ ।
‘प्रतिनिधिसभाको निर्वाचनको परिणामले विशेष गरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीहरूलाई गम्भीर सन्देश प्राप्त भएको छ, हाम्रा भगवानरूपी पदमआदरणीय मतदाताहरूको निर्णयबाट,’ उनले लेखेका छन् ।
खड्काले अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने पनि बताएका छन् ।
‘हामी सबैले म/म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक-बृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ,’ खड्काले भनेका छन्, ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामाना गर्ने यही नै उपयुक्त बाटो हो त्यस्तो लाग्छ ।’


प्रतिक्रिया