काठमाडाैं । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का दौरान भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन ऐन २०७४ को दफा ७२ को प्रावधान अनुसार तोकिएको समयभित्रै उनले जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक खर्च विवरण दर्ता गराएर सर्वसाधारणका लागि समेत जानकारी गराएका हुन् ।
उनले आफ्नो कूल खर्च २८ लाख ४५ हजार रुपैयाँ भएको जानकारी दिएका छन् ।


प्रतिक्रिया