काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सभाका बहालवाला तथा प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवम् अन्तरक्रिया गर्दैछ । कार्यक्रम दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यलाई स्वागत गर्नेछन् । यस्तै, पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल हुने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया