यस्ताे बन्याे प्रतिनिधि सभाकाे नयाँ समीकरण

यस्ताे बन्याे प्रतिनिधि सभाकाे नयाँ समीकरण



काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै संसद्को नयाँ समीकरण तयार भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ । रास्वपा संसदमा दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा हुनेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।

दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ ।

एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ९ सिट जितेको छ । अब प्रतिनिधि सभा २५ सिट हुनेछ ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ८ सिट जितेको छ । अब प्रतिनिधिसभामा नेकपाको १७ सिट हुनेछ ।

यो प्रतिनिधिसभामा श्रम संस्कृति र राप्रपाले समानुपातिकमा ४/४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ ।