४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको छ ।

निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै नेपाल प्रहरीले आज एक औपचारिक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको हो ।

निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुलाएको थियो ।

भर्ना छनोटमा परेका निर्वाचन प्रहरीहरूलाई नेपाल प्रहरीले देशभर परिचालन गरेको थियो । उनीहरूले करिब ४० दिन सेवा दिएका थिए । निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई खादा लगाएर औपचारिक रूपमा बिदाइ गरिएको हो ।