बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेपछि उनकाे मृत्यु भएको हाे । उनको शव मणिपाल अस्पतालमा राखिएको छ ।

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएकाे छ ।

गत फागुन २१ मा भएकाे प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाउँदा विरोध भएपछि रश्मि आचार्यलाई टिकट दिएर उम्मेदवार बनाइएको थियो ।

२०५४ सालमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ सालमा उनी पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित भएका थिए ।