कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार, स्वदेश फिर्ता

कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार, स्वदेश फिर्ता



काठमाडौं । मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।

कम्बोडियामा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका उनीहरूलाई नेपाली राजदूतावास, बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो । यस प्रक्रियामा गैरआवासीय नेपाली संघ कम्बोडियाले सहजीकरण गरेको छ ।

यसैगरी, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई समेत नेपाल फर्काउने पहल भइरहेको छ ।

कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी राजदूतावासलाई प्राप्त भएको भन्दै यस्तो अवस्थामा रहेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहज बनाउनका लागि नेपाली राजदूतावास, बैंकक वा गैरआवासीय नेपाली संघ, कम्बोडियाका निम्न प्रतिनिधिहरूलाई यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।