राप्रपाले गर्याे उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई कारबाही

राप्रपाले गर्याे उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई कारबाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई कारबाही गरेकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेकाे जानकारी दिएका हन् ।

उनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाइएकाे बताए ।

विज्ञप्तिमा भनिएकाे छ, ‘राप्रपाका उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु ।’

पार्टी हितविपरीतका गतिविधि गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो । उनीहरू दुवैले पार्टीका विरुद्धमा नकारात्मक प्रचार गर्ने र अफवाह फैलाउने गरेको अध्यक्षनिकट स्रोतले बताएको छ ।