काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नम्बर–१ मा उमेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा पेसी तय भएको थियो ।
उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चमा रिट निवेदक र आयोगका तर्फबाट सुनुवाइ सकिएर आदेश आउनेक्रममा छ ।
आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उमेदवारी रद्द गरेको थियो । आयोगले साहका प्रतिस्पर्धी मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिसकेको छ ।


प्रतिक्रिया