ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा समवेदना व्यक्त

ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा समवेदना व्यक्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

ओलीका पिता मोहनप्रसादको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले दुख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति थापाले दुःख व्यक्त गर्दै भनेका छन्, ‘दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’