इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय

इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय



काठमाडौं । गृह मन्त्रालयले इरानी नागरिकलाई अब आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ । यसअघि सहज रूपमा उपलब्ध गराइँदै आएको अनअराइभल भिसा अब नेपाली दूतावासबाट मात्र लिनुपर्ने व्यवस्था लागू हुने भएको छ ।

मन्त्रालयका अनुसार, इरानमा हालै देखिएको तनाव र त्यसपछि नेपालतर्फ इरानी नागरिकको आगमन बढेपछि सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर सुरक्षा कारणले आगमन भिसा रोकिएको जनाएको छ ।

तर कूटनीतिक तथा सरकारी पदाधिकारी एवं अफिसियल राहदानी भएका इरानी नागरिकहरूका लागि भिसा प्राप्तिमा कुनै रोक नलगाइएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

इरानमा हाल अमेरिकासहित इजरायलले आक्रमण जारी राखेका छन् ।