रास्वपा सभापति लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

रास्वपा सभापति लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा बहस नसकिएपछि आज हेर्दाहेर्दैमा राखिएको छ ।

उनीविरुद्धको सम्पत्ति सुद्धिकरण कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि परेको रिटमा बहस भएको हो ।

न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । दिनभरि बहस हुँदा पनि आज नटुंगिएपछि हेर्दा हेर्दैमा राखिएको छ । बहसले भोली निरन्तरता पाउनेछ ।